‘अप्रिल फूल’ : ६२ वर्षअघिको त्यो सदाबहार गीत ‘अप्रिल फूल बनाया तो उनको गुस्सा आया’
सारांश
- आज अप्रिल १ मा ‘अप्रिल फूल’ मनाइँदैछ, जहाँ मानिसहरू एकअर्कालाई झुक्याउँछन्।
- १९६४ मा प्रदर्शन भएको हिन्दी फिल्म ‘अप्रिल फूल’ र मोहम्मद रफीको गीत यस दिनसँग सम्बन्धित छन्।
- फिल्ममा बिस्वजित चटर्जी र सायरा बानोको मुख्य भूमिका रहेको थियो, र यसले बक्स अफिसमा राम्रो कमाई गरेको थियो।
मुम्बई । आज अप्रिल १ अर्थात् ‘अप्रिल फूल’ । कसैलाई झुक्याउदा वा मूर्ख बनाउँदा नराम्रो नमानिने दिन । यदि कोही ठट्टा वा झुक्याएमा रिसाइहाल्यो भने पनि एउटा गीत गाइदिए हुन्छ, ‘अप्रिल फूल बनाया तो उनको गुस्सा आया’ । ६२ वर्षअघि मोहम्मद रफीको स्वर रहेको यो गीत भारत र नेपालमा अहिले पनि चलन चल्तीमा छ ।
सन् १९६४ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘अप्रिल फूल’ सँग यो दिनको विशेष साइनो छ । सुबोध मुखर्जीको लेखन र निर्देशनमा बनेको यस फिल्ममा बंगाली सुपरस्टार बिस्वजित चटर्जी र दिग्गज अभिनेत्री सायरा बानो मुख्य भूमिकामा रहेका थिए । फिल्ममा आई.एस. जोहर, सज्जन, राजन हसकर र जयन्त जस्ता कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका थियो ।
फिल्मको कथा एउटा साधारण मध्यमवर्गीय केटो र धनी केटीको प्रेममा आधारित थियो । आफू गरिब भएकाले केटीले प्रेम गर्दैन कि भन्ने डरले केटोले धनी भएको नाटक गर्छ । तर जब उसको वास्तविकता केटीको अगाडि खुल्छ, उनी निकै रिसाउछिन् । त्यही बेला नायकले उनलाई फकाउन र स्थिति सामान्य बनाउन मोहम्मद रफीको यो गीत ‘अप्रिल फूल बनाया तो उनको गुस्सा आया...’ गाउँछन् । यही गीत र प्रसङ्गका कारण फिल्म सफल समेत बन्यो ।
आफ्नो समयमा यो फिल्म ब्लकबस्टर सावित भएको थियो । मिडिया रिपोर्टका अनुसार ४० लाख भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले बक्स अफिसमा करिब ९५ लाख रुपैयाँ कलेक्सन गरेको थियो । सन् १९६४ को हिट फिल्महरूको सूचीमा यसले आफ्नो बलियो स्थान बनाएको थियो।
यस फिल्मको लोकप्रियताका कारण सन् २०१० मा मलयालम सिनेमाले पनि यही नाममा फिल्म निर्माण गरेको थियो । आज पनि अप्रिल १ को दिन आउनेबित्तिकै सिनेप्रेमीहरूका लागि बिस्वजित र सायरा बानोको यो क्लासिक फिल्म र रफीको जादुमयी आवाज सम्झनाको अग्रपंक्तिमा आउने गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण