मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध
सारांश
- भूमि व्यवस्था मन्त्रालयले मालपोत र नापी कार्यालयमा अनधिकृत व्यक्तिको प्रवेश निषेध गरेको छ।
- परिचयपत्र हेरेर मात्रै प्रवेश दिन निर्देशन दिइएको छ, जसले गोप्य कागजातको सुरक्षा गर्नेछ।
- कार्यालय प्रमुखलाई अनधिकृत व्यक्तिको प्रवेश रोक्न निर्देशन दिइएको छ।
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ ।
मन्त्री प्रतिभा रावलको निर्देशनमा आज सचिवस्तरीय निर्णयबाट देशभरका नापी तथा मालपोत कार्यालयमा परिचय खुल्ने कागजात हेरेर मात्रै प्रवेश गराउन सम्बन्धित विभागले पत्राचार गरेको हो ।
कार्यालयहरूमा विभिन्न बहानामा अनधिकृत व्यक्ति प्रवेश गरी कार्यालयका महत्त्वपूर्ण कागजात र स्रेस्तामा पहुँच राख्ने गुनासो आएकाले अब परिचय खुल्ने कागजात भएका व्यक्ति मात्रै कार्यालयमा प्रवेश गराउन भनिएको छ । मन्त्रालयले कार्यालयका गोप्य र संवेदनशील कागजातमा अनधिकृत व्यक्तिको अनियन्त्रित पहुँच बढेको भन्दै यस्तो कदम चालेको जनाएको छ ।
निर्देशनमा कार्यालयका विभिन्न फाँटमा हुने भिडभाड र कागजातको सुरक्षामा गम्भीर प्रश्न उठाउँदै अनधिकृत व्यक्ति प्रवेशमा रोक नलगाएको खण्डमा कार्यालय प्रमुख जिम्मेवार हुने बताएको छ । अनधिकृत व्यक्तिलाई निषेध गरेपछि सेवाग्राहीले निवेदन र कागजात देखाएर सहजै सेवा पाउने विश्वास मन्त्रालयको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण