सर्लाहीमा ११ हजार ३७१ परीक्षार्थी एसईईमा सहभागी
सारांश
- आजदेखि सर्लाहीसहित देशभर एसईई परीक्षा सुरु भएको छ, पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ।
- सर्लाहीमा ३५ परीक्षा केन्द्र तोकिएका छन्, जसमा यस वर्ष ११ हजार ३७१ परीक्षार्थी सहभागी छन्।
- परीक्षालाई मर्यादित बनाउन केन्द्राध्यक्षबाहेक अरू कसैलाई मोबाइल प्रयोग गर्न नदिने नियम लागू गरिएको छ।
जनकपुरधाम । आजदेखि सर्लाहीसहित देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन्।
सर्लाही जिल्लामा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाका लागि ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। विद्यार्थी सङ्ख्या घटेकाले गत वर्षको तुलनामा यस वर्ष तीन वटा परीक्षा केन्द्र कम गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ।
प्राविधिक तर्फको परीक्षा सदरमुकाम मलंगवास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालय मा सञ्चालन भइरहेको छ। शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख मित्रप्रसाद गौतम का अनुसार यस वर्ष जिल्लाबाट नियमिततर्फ १० हजार २८५ र ग्रेडवृद्धितर्फ १ हजार ८६ गरी कुल ११ हजार ३७१ जना परीक्षार्थी सहभागी भएका छन्।
उनले सबै ३५ वटै परीक्षा केन्द्रमा उत्तरपुस्तिका तथा नजिकका प्रहरी चौकीमा प्रश्नपत्र सुरक्षित रूपमा पुर्याइसकिएको जानकारी दिए। घरदेखि टाढा परीक्षा केन्द्र परेका धेरै विद्यार्थीहरू परीक्षा केन्द्र नजिकै कोठा भाडामा लिएर बसेका छन्।
यस वर्षदेखि परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई मोबाइल फोन प्रयोग गर्न नदिने व्यवस्था लागू गरिएको छ। परीक्षामा सहभागी विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई चिट, गाइड, किताब, नोटबुक, मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले एसइईलाई स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको मागेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण