जापानबाट २३ विद्यार्थी एसईई परीक्षामा सहभागी
सारांश
- एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका २३ विद्यार्थी एसईई परीक्षामा सहभागी भए।
- कक्षा १२ सम्म नेपाली पाठ्यक्रम पढाउने विद्यालयले २०२१ देखि एसईई परीक्षा दिँदै आएको छ।
- यो जापानमा रहेको नेपाल सरकारको मान्यताप्राप्त उच्च माध्यमिक विद्यालय हो।
टोकियो । जापानमा नेपाली पाठ्यक्रमअनुसार कक्षा १२ सम्म अध्ययन अध्यापन गराउँदै आएको एभरेष्ट इन्टरनेशनल स्कुल, जापानका छैटौँ ब्याचका विद्यार्थीहरू यस वर्षको एसईईमा सहभागी भएका छन्। आजबाट सुरु भएको उक्त परीक्षामा विद्यालयका कुल २३ जना विद्यार्थीले भाग लिएका छन्।
विद्यालय प्रशासनका अनुसार यस वर्ष ९ जना छात्र र १४ जना छात्रा गरी जम्मा २३ जना विद्यार्थी सहभागी भएका हुन्। सन २०२१ देखि निरन्तर रूपमा विद्यालयका विद्यार्थीहरूले एसईई परीक्षा दिँदै आएका छन्।
एभरेष्ट इन्टरनेशनल स्कुल, जापान नेपाल सरकारको मान्यताप्राप्त नेपाल बाहिर सञ्चालन भइरहेको एक मात्र नेपाली सरकारी उच्च माध्यमिक विद्यालय हो, जहाँ कक्षा १२ सम्म अध्ययन अध्यापन सञ्चालन हुँदै आएको छ। विद्यालयले जापानको शिक्षा मन्त्रालय तथा अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डअनुसार पनि आफ्नो शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण