ग्रामीण जनताको शिक्षा झल्काउँदै ‘रोल नं १’ले ल्यायो फष्टलुक्स
सारांश
- चलचित्र 'रोल नं १' को फष्टलुक्स सार्वजनिक गरिएको छ, जसमा ग्रामीण परिवेश र संघर्ष झल्किन्छ।
- पोस्टरमा बालकलाकार, मुकुन भुसाल र रेणु योगीलाई देखाइएको छ, जसले शिक्षा र ग्रामीण जीवनको कथा बोकेको छ।
- यो चलचित्र आगामी जेठ १५ गते प्रदर्शन हुनेछ, जसमा मुकुन भुसाल, सुशांक मैनाली लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । चलचित्र ‘रोल नं १’ को फष्टलुक्स सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिजले फिल्मको दुई फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक दुई पोस्टरमा पात्र परिचयसँगै चलचित्रको मूल मर्म, नेपाली समाजको यथार्थप्रतिको दृष्टिकोणलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । सार्वजनिक पोस्टरमध्ये एउटामा बाल–कलाकार निर्भिक रेग्मीसँगै मुख्य पात्र अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण परिवेशको पहिरनमा देखिएका छन् । उनीहरूको भेषभुषाले चलचित्र उनीहरूले जीवन जिउनका लागि गरिरहेको संघर्षलाई चित्रण गरेको छ । अभावमा पनि छोरालाई पढाइरहेको पोस्टरले देखाएको छ । पोस्टरमा बालकको अनुहारमा देखिएको मन्दमन्द खुसी र पछाडि देखिएको पहाडी भेगको विद्यालयले शिक्षा र ग्रामीण जीवनको कथा फिल्मले उठाएका अनुमान गर्न सकिन्छ ।
अर्को पोस्टरमा बालक आफ्ना बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ । बालकको अनुहारमा देखिएको खुसी र पछाडि देखिएको पहाडी भेग छ । यसले विद्यार्थीका लागि आवश्यक पठन सामग्री ग्रामीण विद्यार्थी र अभिभावको शिक्षाको सपनाको बाधक बनिरहेका छन् भन्ने संकेत गरिरहेको छ । पठन सामग्री जुटाउन ग्रामीण अभिभावकलाई कति कठिन छ भन्ने यो पोस्टरको देखाउने प्रयास गरेको छ ।
आगामी जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका प्रदर्शनमा आउने चलचित्र जोन योञ्जनले निर्देशन गरेका हुन् ।
चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतको अभिनय छ ।
विनोद पौडेल र जान्वी पौडेल निर्मातामा रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यस चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायाङ्कन गरिएको यो चलचित्रको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहेको छ भने सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण