अमेरिकालाई स्ट्रेट अफ हर्मुज चाहिएको छैनः ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुज स्ट्रेटमा अमेरिकाको निर्भरता कम भएको बताएका छन्।
- ट्रम्पले अमेरिकाले अब उक्त मार्गबाट तेल आयात नगर्ने र अरु देशले सुरक्षाको नेतृत्व लिनुपर्ने बताए।
- विश्लेषकहरूले युद्धका कारण तेलको मूल्य तत्काल घट्ने सम्भावना कम रहेको बताएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई स्ट्रेट अफ हर्मुज नचाहिएको बताएका छन् । ट्रम्पले बुधबार सो स्ट्रेटमाथि अमेरिकाको निर्भरता कम भएको दाबी गरेका छन् ।
स्ट्रेट अफ हर्मुज भएर विश्व बजारमा झन्डै २० प्रतिशत तेल जाने भएकोले यो मार्ग निकै महत्त्वपूर्ण छ । बुधबारको सम्बोधनमा ट्रम्पले अमेरिकाले अब उक्त मार्गबाट तेल आयात नगर्ने र भविष्यमा पनि यसको आवश्यकता नपर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार यस बाटो भएर जाने अधिकांश तेल एसियाली देशमा जान्छन् ।
उनका अनुसार अमेरिका अहिले विश्वकै अग्रणी तेल तथा ग्यास उत्पादक राष्ट्र भएकाले अन्तर्राष्ट्रिय स्तरमा आपूर्तिमा देखिएको अवरोधबाट यो देश सुरक्षित छ । तर, यथार्थमा अमेरिकी उपभोक्ताले पेट्रोल मूल्य बढेको प्रभाव महसुस गरिरहेका छन् । इरान युद्धको प्रभावले विश्वमा इन्धनको आपूर्ति सीमित भएपछि अमेरिकामा ग्यासको मूल्य बढेर प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको छ । यो सन् २०२२ यताकै उच्च हो ।
स्ट्रेट अफ हर्मुज भएर तेल आयात गर्ने देशहरूले सो मार्गको सुरक्षा आफैँले सुनिश्चित गर्नुपर्ने ट्रम्पले बताएका छन् । अमेरिका सहयोग गर्न तयार भए पनि नेतृत्व अरू देशहरूले लिनुपर्ने धारणा उनले राखेका छन् । साथै, तेल अभाव भोगिरहेका देशहरूले अमेरिकाबाट तेल खरिद गर्न सक्ने सुझाव पनि उनले दिएका छन् ।
तर, विश्लेषकहरूले ट्रम्पको दाबीप्रति शंका व्यक्त गरेका छन् । उनीहरूका अनुसार युद्धका कारण पश्चिम एसियाको ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ र आपूर्ति प्रणालीमा दीर्घकालीन अवरोध देखिएको छ । यस्तो अवस्थामा युद्ध अन्त्य भए पनि तेलको मूल्य तत्काल घट्ने सम्भावना कम रहेको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण