इरानी ऊर्जा केन्द्रमा बम हान्ने ट्रम्पको धम्कीपछि आकासियो तेलको भाउ
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध केही हप्ता लम्बिने बताएपछि कच्चा तेलको मूल्य बढेको छ।
- ब्रेन्ट क्रुडको भाउ प्रति ब्यारेल १०७ डलर १९ सेन्ट र डब्ल्यूटीआई १०५ डलर शून्य ४ सेन्ट पुग्यो।
- ट्रम्पको चेतावनीले ऊर्जा बजार अस्थिर भएको र अमेरिकी सेयर बजारमा नकारात्मक संकेत देखिएको छ।
वासिङ्टन डीसी । विश्व बजारमा कच्चा तेलको भाउ बिहीबार बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अझ केही हप्ता जारी राख्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र प्रतिक्रिया देखिएको छ । उनको सम्बोधन लगत्तै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा बढेको हो ।
कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ ६ प्रतिशत भन्दा धेरैले बढेको छ । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः ४० बजे ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७ प्रतिशतले बढेर १०७ डलर १९ सेन्टमा पुगेको छ ।
सोही समयमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) पनि ६ दशमलव १० प्रतिशतले बढेर ब्यारेलकै १०५ डलर शून्य ४ सेन्टमा किनबेच भइरहेको थियो ।
फेब्रुअरी २८ मा इरान युद्ध शुरु भएयता इरानले स्ट्रेट अफ हर्मुज ठप्प प्रायः बनाएको छ । यसका कारण विश्वभर ऊर्जा सङ्कट उत्पन्न भएको छ भने तेल र ग्यासको भाउ पनि बढेका छन् । तर बुधबार आफ्नो सम्बोधनमा ट्रम्पले इरानले अमेरिकी माग स्वीकार नगरे विद्युत् उत्पादन केन्द्रहरूमा बम आक्रमण गर्ने चेतावनी समेत दिएका थिए ।
उनको यस्तो कडा अभिव्यक्तिले ऊर्जा बजारलाई थप अस्थिर बनाएको विश्लेषकहरूको भनाइ छ । आफ्नो भाषणमा ट्रम्पले अमेरिका उक्त स्ट्रेटमाथि निर्भर नरहेको दाबी दोहोर्याएका छन् ।
अमेरिका त्यस मार्गबिना पनि अघि बढ्न सक्ने र त्यसको सुरक्षाको सो मार्ग भएर जुन जुन देशले तेल ल्याउने हो त्यही देशहरूले लिनुपर्ने सङ्केत पनि ट्रम्पले गरेका छन् ।
यसबिच, ट्रम्पको भाषण लगत्तै बजारको प्रतिक्रिया तुरुन्तै देखिएको छ । अमेरिकी सेयर बजारमा पनि नकारात्मक सङ्केत देखिएको छ । दाउ जोन्स इन्डष्ट्रियल एभरेज र एसएन्डपी ५०० फ्यूचर्स दुवै घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण