ओली र लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण : दंगाल
सारांश
- नेकपा (एमाले) का राष्ट्रिय सभा सदस्य प्रेमकुमार दंगालले सरकारको पहिलो निर्णय राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन्।
- उनले केपी शर्मा ओली र रमेश लेखकको गिरफ्तारीलाई निन्दनीय भन्दै उनीहरूको बिना शर्त रिहाइको माग गरेका छन्।
- दंगालले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई पूर्वाग्रही भन्दै खारेजीको माग गर्दै उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभा सदस्य प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले फागुन २१ को निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र साहलाई बधाई दिँदै सरकारको कामलाई गुण र दोषका आधारमा मात्र समर्थन वा विरोध गर्ने स्पष्ट पारेका हुन् ।
दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा आतङ्ककारीलाई जस्तो गरी गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले 'मिथ्याङ्क र पूर्वाग्रहमा आधारित' भन्दै खारेजीको माग गरेका छन् ।
आयोगका अध्यक्ष कार्कीले आयोग गठन हुनुपूर्व नै सामाजिक सञ्जालमा व्यक्त गरेका धारणालाई पुष्टि गर्ने गरी मात्र प्रतिवेदन तयार पारिएको उनले दाबी गरे । उनले एमाले अध्यक्ष ओली र नेता लेखकको बिना शर्त तत्काल रिहाइ गर्न, पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन अविलम्ब खारेज गर्न र मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय फिर्ता लिन सरकारसँग जोड्दार माग गरेका छन् ।
दंगालले दुई पटक मिर्गौला प्रत्यारोपण गरेका र वृद्ध अवस्थामा रहेका व्यक्तित्वलाई बुवाको काजक्रिया सकिन नपाउँदै अपमानजनक ढङ्गले गिरफ्तार गरिनु निर्दयी र आपराधिक मनोवृत्ति भएको टिप्पणी गरे । उनले सरकारको दमनकारी नीतिको विरोध गर्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् । साथै, गलत प्रतिवेदन ल्याउने आयोगका अध्यक्ष र सदस्यहरूमाथि नै छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ ।
देशभर एमाले कार्यकर्तामाथि भइरहेको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको समेत दंगालले कडा शब्दमा भर्त्सना गरेका छन् । सरकारले लोकतान्त्रिक मूल्य मान्यता विपरीत दमनको बाटो रोजेको भन्दै उनले यस्ता गतिविधि तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
उनले सरकारलाई जनमतको कदर गर्दै कानुनी राज्यको उपहास नगर्न र राजनीतिक पूर्वाग्रह त्याग्न समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण