सात परियोजनाका लागि नेपाल-भारतबिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालका लागि भारतीय राजदूतावासबिच सातवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर गरिएका परियोजनाहरूमा नवलपुरको मध्यबिन्दु नगरपालिका–२ र तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा कोल्ड स्टोर निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित जनबल माध्यमिक विद्यालयमा विद्यालय भवन, छात्रावास र क्यान्टिन निर्माण, कैलालीको गौरीगंगा नगरपालिका–११ मा श्रीकालिका आधारभूत विद्यालय भवन निर्माण रहेका छन् ।
त्यस्तै, रौतहटको परोहा नगरपालिका–४ मा बर्थिङ सेन्टर निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा श्री कस्तुरी माध्यमिक विद्यालय भवन निर्माण तथा बाँकेको खजुरा गाउँपालिका–४ मा श्रीजनकल्याण माध्यमिक विद्यालय भवन निर्माण रहेका छन् । यी सबै परियोजना स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ ।
भारत सरकारको अनुदान सहयोगअन्तर्गत शिक्षा, स्वास्थ्य र कृषि लगायत क्षेत्रमा सञ्चालन हुने यी परियोजनाहरूको कुल अनुमानित लागत ४७ करोड ३० लाख रूपैयाँ रहेको रहेको भारतीय दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण