शोधनान्तर स्थिति ६५४ अर्ब र चालु खाता ५५२ अर्बले बचतमा
सारांश
- चालु आर्थिक वर्षको आठ महिनामा नेपालको शोधनान्तर स्थिति ६ खर्ब ५४ अर्ब ३५ करोड रुपैयाँले बचतमा रहेको छ।
- समीक्षा अवधिमा मुलुकको चालु खाता ५ खर्ब ५२ अर्ब ४५ करोड रुपैयाँले बचतमा पुगेको छ।
- उच्च रेमिट्यान्स र आयातमा आएको सङ्कुचनका कारण बाह्य अर्थतन्त्र मजबुत देखिएको छ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्म पनि नेपालको बाह्य अर्थतन्त्र निकै सुदृढ र मजबुत अवस्थामा छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति र चालु खाता दुवैमा ऐतिहासिक बचत देखिएको छ।
फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार मुलुकको शोधनान्तर स्थिति ६ खर्ब५४ अर्ब ३५ करोड बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड ले मात्र बचतमा थियो।
अघिल्लो वर्षको तुलनामा यस वर्ष शोधनान्तर बचत दोब्बरभन्दा बढीले वृद्धि भएको हो । अमेरिकी डलरमा हेर्दा अघिल्लो वर्षको आठ महिनामा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ६१ करोडले बचतमा पुगेको छ।
त्यसैगरी, मुलुकको चालु खाता पनि उच्च बचतमा रहेको छ। समीक्षा अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ४५ करोडले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको फागुन मसान्तसम्ममा यस्तो खाता १ खर्ब ९७ अर्ब ३ करोडले मात्र बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता यस वर्ष बढेर ३ अर्ब ४८ करोड बचतमा पुगेको छ। शोधनान्तर र चालु खाता दुवैमा देखिएको यो फराकिलो बचतले अर्थतन्त्रमा विदेशी मुद्राको तरलता प्रशस्त रहेको र तत्काल कुनै पनि बाह्य सङ्कटको जोखिम कम देखिन्छ । झन्डै ४२ प्रतिशत रेमिट्यान्सको स्रोत रहेको पश्चिम एसियाको तनावबिच यो अवस्था बलियो हो ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १२ अर्ब ५९ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ४४ करोड भित्रिएको छ। समग्रमा उच्च रेमिट्यान्स र आयातमा आएको सङ्कुचनले बाह्य क्षेत्रलाई अहिलेसम्मकै सहज अवस्थामा पुर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण