शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजको राशिफल

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

शुक्रबार, २० चैत २०८२, ०५ : ४४
शुक्रबार, २० चैत २०८२

सारांश

  • आजको पञ्चाङ्ग र राहुकालको समयलाई ध्यानमा राख्दै १२ वटै राशिका लागि दैनिक राशिफल सार्वजनिक गरिएको छ।
  • शुभकार्य र यात्राका लागि लाभबेला र अमृत बेलाको समय उत्तम मानिएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल चैत्र २० गते । शुक्रबार । इस्वी सन् २०२६ अप्रिल ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष । तिथि–प्रतिपदा, ४ घडी ३६ पला, बिहान ७ बजेर ४५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा, ३१ घडी ४८ पला, बेलुकी ६ बजेर ३८ मिनेट उप्रान्त स्वाती । योग–व्याघात, १९ घडी १८ पला, दिउँसो १ बजेर ३८ मिनेट उप्रान्त हर्षण । करण–कौलव, बिहान ७ बजेर ४५ मिनेट उप्रान्त तैतिल, बेलुकी ८ बजेर १८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–तुला ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ७  पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ५५ मिनेटसम्म  चर बेला ।
  • बिहान ५ बजेर ५६ मिनेटदेखि बिहान ७ बजेर २८ मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर २९ मिनेटदेखि बिहान ९ बजेर १ मिनेटसम्म अमृत बेला ।
  • बिहान ९ बजेर २ मिनेटदेखि बिहान १० बजेर ३५ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर ३६ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १५ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो ३ बजेर १६ मिनेटदेखि बेलुकी ४ बजेर ४८ मिनेटसम्म चर बेला ।
  • बेलुकी ४ बजेर ४९ मिनेटदेखि बेलुकी ७ बजेर ४८ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर  ३४ मिनेटदेखि दिउँसो १२ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर १९ मिनेटदेखि बिहान ४ बजेर ७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत सङ्गीत तथा मनोरञ्जनात्मक क्षेत्रको प्रतिनिधित्व गर्दै यात्रामा निस्कन सकिनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेका कामलाई सकाउन सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ । बिलासी वा महँगा सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गर्नुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन् । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईँको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरूकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरू छलफलका लागी ल्याउन सकिने भए पनि सहकर्मीहरूबाट नै विरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइ तथा बन्धु बान्धवसँग सामान्य मनमुटाब सिर्जना हुने तथा विवाद बढ्नेछ । व्यवसायमा भनेजस्तो आम्दानी नहुने हुनाले आर्थिक अवस्था कमजोर हुनेछ । पराक्रम तथा आट गर्न नसक्दा विभिन्न अवसरहरू गुम्नेछन् । प्रेममा नजिक हुने समय नरहेकोले भेटघाट भन्दा पनि प्रविधिको प्रयोग गरी कुराहरू गर्नु राम्रो हुनेछ । अध्ययनमा मिश्रित फल प्राप्त हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेको छ । खाद्यान्न, बिलासी सामान तथा निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यतित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार,  टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।  
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) महत्त्वाकाङ्क्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ । तर पनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर पेसा व्यावसायिक गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साथीभाइ, बन्धुवान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरूले दुःख दिन सक्छन् । व्यापार तथा उद्योगमा लगानी गरे पनि आम्दानी कमै हुनेछ । अध्ययनमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । पारिवारिक सम्बन्धमा चिसोपनको महसुस हुनेछ भने आफन्तहरू टाढिने हुँदा मन खिन्न रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ । आत्मविश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब बढ्नेछ । खर्च बढ्नाले दैनिकी प्रभावित हुनेछ । तर पनि अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ ।  अध्ययनबाट नतिजा हात पार्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप