गौतमश्री सहकारीका सिइओ रबिन विष्ट पक्राउ
सारांश
- काठमाडौँको कुलेश्वरस्थित गौतमश्री सहकारीका सिइओ रविन विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
- बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ जोखिममा पारेको आरोपमा उनी पक्राउ परेका हुन्।
- प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका सिइओलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत रविन विष्टलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
प्रहरी प्रधान कार्यालयको पत्रको आधारमा बिहीबार विष्टलाई नियन्त्रणमा लिइएको एसएसपी खड्काले जानकारी दिए । बचतकर्ताको ५ अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेर गौतमश्रीका सञ्चालकहरू गायब भएको आरोप छ।
सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक घर भएका रामबहादुर गौतम हुन् । उनी फरार छन् । सिइओ विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण