‘इन्धनको मूल्य लामो समयसम्म उच्च रहनेछ’
शुक्रबार, २० चैत २०८२, १६ : ०२
सारांश
- पश्चिम एसियामा जारी युद्धका कारण इन्धनको मूल्य लामो समयसम्म उच्च रहने युरोपेली सङ्घले जनाएको छ।
- ईयूले सम्भावित ऊर्जा सङ्कटको सामना गर्न राशनिङ र आपतकालीन भण्डारको प्रयोग जस्ता विकल्पहरूको मूल्याङ्कन गरिरहेको छ।
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धका कारण उत्पन्न दीर्घकालीन ऊर्जा झट्काको सामना गर्न यूरोपेली सङ्घ (ईयू) तयारी अवस्थामा रहेको बताइएको छ ।
ईयूका ऊर्जा तथा आवास प्रमुखले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै यस्तो बताएका हुन् । युरोपेली आयोगका ऊर्जा तथा आवास प्रमुख डान जोर्गेन्सनले भने, 'यो दीर्घकालीन सङ्कट हुनेछ... ऊर्जाको मूल्य लामो समयसम्म उच्च रहनेछ ।’
उनका अनुसार हालसम्म ईयू आपूर्ति सुरक्षाको सङ्कटमा पुगेको छैन । जेट इन्धन वा डिजेलजस्ता महत्त्वपूर्ण इन्धनको राशनिङ गर्नुपर्ने अवस्था पनि आएको छैन ।
तर, सम्भावित जोखिमलाई ध्यानमा राख्दै ईयू सबैभन्दा खराब अवस्थाको तयारी गरिरहेको अनि यसमा इन्धनको राशनिङ गर्ने र आपतकालीन भण्डारबाट थप तेल बजारमा झिक्ने जस्ता विकल्पको समेत मूल्याङ्कन भइरहेको जोर्गेन्सनले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण