पश्चिम एसिया युद्ध : साइबर अपराधजन्य गतिविधिमा संलग्न ११ नेपाली पक्राउ
सारांश
- पश्चिम एसियामा जारी द्वन्द्वका विषयमा फेक न्युज र साइबर अपराधमा संलग्न ११ जना नेपाली पक्राउ परेका छन्।
- परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीहरूलाई सङ्कटको समयमा स्थानीय कानुनको पालना गर्न आग्रह गरेको छ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वको बारेमा त्यहीँ रहेर डर त्रास फैलाउने खालका फेक न्युज र साइबर अपराधजन्य गतिविधिमा संलग्न ११ जना नेपाली पक्राउ परेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई फेक न्युज र साइबर अपराधजन्य गतिविधिमा संलग्न नहुन पटक पटक आग्रह गरिए पनि उनीहरू कुनै न कुनै रूपमा संलग्न रहेको पाइएपछि पक्राउ परेको सम्बन्धित देशले जानकारी गराएका हुन् । यद्यपि मन्त्रालयले पश्चिम एसियाका कुन देशबाट कति नेपाली श्रमिक पक्राउ परे भन्नेबारे भने खुलाएको छैन ।
मन्त्रालयका अनुसार अधिकांश नेपाली नागरिकले सरकारी निर्देशन र गाइडलाइनको पालना गरिरहेको देखिए पनि केही व्यक्तिहरूले नियम उल्लङ्घन गर्दा कारबाहीमा परेका हुन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एसियामा जारी द्वन्द्व बारेमा त्रास फैलाउने उद्देश्यका सामग्री उत्पादन र प्रसारण नगर्न पटक पटक आग्रह गर्दै आएको बताए । डर वा भ्रम सिर्जना गर्ने फोटो, भिडियो वा अन्य सामग्री नबनाउन, त्यस्ता सामग्री सामाजिक सञ्जाल वा निजी सन्देशमार्फत पनि सेयर नगर्न आग्रह गरेको उनले बताए ।
सङ्कटको समयमा आफू बसेको देशका कानुन र सुरक्षा सम्बन्धी नियमको पूर्ण पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । उल्लङ्घन गरेमा ठुला जरिवाना, कैद सजाय तथा देश निकाला (डिपोर्ट) जस्ता कडा कानुनी कारबाही भोग्नुपर्ने अवस्था आउने चेतावनी मन्त्रालयले दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण