बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् हाँडीगाउँमा गहना खोज्ने जात्रा

शुक्रबार, २० चैत २०८२, १९ : ०५
शुक्रबार, २० चैत २०८२

काठमाडौँ । काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि शुक्रबार जात्रा सम्पन्न भएको हो ।

यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएर देवीको गहना खोज्ने गरिन्छ। टुँडालदेवी खटजात्राबारे प्रख्यात कथनअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी बताइन्छ ।

त्यसपछि रिसाएर फर्केकी भाटभटेनीको गहना पोखरीमा हराउँछ । त्यही गहना खोज्न पोखरीमा देवीको खट लगी जात्रा गरियो । सोही गहना खोज्ने परम्परा अन्तर्गत यो जात्रा हालसम्म जीवन्त रहँदै आएको छ।

gahana khojne (13)gahana khojne (14)gahana khojne (15)gahana khojne (16)gahana khojne (17)gahana khojne (18)gahana khojne (19)gahana khojne (20)

gahana khojne (1)gahana khojne (2)gahana khojne (3)gahana khojne (4)gahana khojne (5)gahana khojne (6)gahana khojne (7)gahana khojne (8)gahana khojne (9)gahana khojne (10)gahana khojne (11)gahana khojne (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप