कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण
सारांश
- कालीगण्डकी कोरिडोरमा लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल बनिसकेका छन्।
- यी पुलहरूले यातायात सञ्चालनमा सहजता ल्याएका छन् ।
- यसअघि रोकिएको पुल निर्माणको काम पूरा गर्न नयाँ ठेक्का लगाइएको थियो।
म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङखोला र कैह्कुखोलामा २०/२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले दुई वटै पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताए ।
वि।स। २०८१ वैशाख ११ मा लार्जुङखोलाको पुल बनाउन एस.के. धौलागिरीसँग रु. एक करोड ९७ लाख ६३ हजार एक सय ३५ र कैह्कुखोलाको पुल बनाउन बि.के.–के.सी.–जि.सी. जेभीसँग रु. पाँच करोड ३४ लाख ६३ हजार छ सय २४ मा ठेक्का सम्झौता गरेको थियो ।
यसअघि दुई वटै पुल बनाउन विसं २०७५ मा रु. छ करोड ५४ लाखमा ठेक्का सम्झौता गरेको गणपति निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता वि.स. २०८० चैतमा तोडेर अधुरो काम सम्पन्न गराउन नयाँ ठेक्का लगाइएको थियो । ५०/५० प्रतिशत भौतिक प्रगति भएको अवस्थामा पुलको ठेक्का तोडिएको थियो ।
पर्वतको लामढुङ्गा देखि चीनको सिमानामा रहेको कोरला नाका सम्म दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत हालसम्म १५ वटा मोटरेबल पुल निर्माण सकिएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । छ बेलिब्रिज निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण