कात्तिक १५ गतेको सम्झौता कार्यान्वयन गर्न स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको अनुरोध
शनिबार, २१ चैत २०८२, ११ : ४३
सारांश
- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ कात्तिक १५ गते भएको सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।
- निजी मेडिकल तथा डेन्टल कलेजहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने कार्य अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ।
- सम्झौता कार्यान्वयन नगर्ने स्वास्थ्य संस्थाहरूलाई नियमित अनुगमन गरी कानुनी वा प्रशासनिक कदम चालिने मन्त्रालयले चेतावनी दिएको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ कात्तिक १५ गते भएको सम्झौता पूर्ण रुपमा कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । शनिबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै मन्त्रालयले सो अनुरोध गरेको हो ।
सो सम्झौताअनुसार निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको अन्तिम चरणमा रहेको समेत मन्त्रालयले जनाएको छ । तर केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएको सूचनामा उल्लेख छ ।
साथै यस विषयमा नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने समेत सम्बन्धित सरोकारवालाहरुलाई मन्त्रालयले जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण