औषधिको ‘प्रमोसन’ गर्ने व्यक्तिलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध
काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै निश्चित कम्पनी ब्रान्ड तोकी नलेखी सबैले बुझ्ने गरी ‘जेनेरिक’ नाम ठूलो अक्षरमा लेख्न आग्रह गरेका हुन् ।
यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ ।
अस्पतालका निर्देशक प्राडा शर्माले औषधिको ‘प्रमोसन’ गर्ने व्यक्ति (एमआर) लाई कार्यालय समयभित्र प्रवेशमा निषेध गरिएको जानकारी दिए । औषधिको प्रमोसन गर्ने व्यक्ति (एमआर)लाई कार्यालय समयमा बहिरङ्ग सेवा, आकस्मिक कक्ष तथा शय्यामा प्रवेशमा निषेध गरिएको उनले बताए ।
यसैगरी, अस्पतालले अस्पताल हाताभन्दा बाहिरका औषधि पसलबाट औषधि किन्न बिरामीलाई अभिप्रेरित गर्ने र शय्यामा गएर औषधि पसलले ‘भिजिटिङ कार्ड’ बाँड्ने गरेकोसमेत पाइएकाले त्यस्तो कार्य नगर्न सबै कर्मचारीलाई अनुरोध गरे ।
यस्तो कार्य गरेको पाइएमा अस्पताल प्रशासनबाट नियमानुसारका कारबाही गर्नेसमेत अस्पतालका कार्यकारी निर्देशक प्रा डा शर्माले बताए ।
यसैगरी, अस्पताल प्रशासनले चिकित्सकले औषधि तथा सर्जिकल सामग्रीको कम्पनी वा ब्रान्ड नमिलेको भनी फिर्ता गरी बिरामीलाई अनावश्यक दुःख दिने कार्य नगर्नसमेत आग्रह गरेको उनले बताए । यदि त्यस्तो दुःख दिने कार्य गरेको पाइएमा संलग्न चिकित्सक, नर्सिंङ तथा अन्य कर्मचारीलाई कारबाही गरिने समेतमा अस्पतालले उल्लेख गरेको छ ।
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
यसैबीच , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्य संस्थालाई ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन जारी गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले ‘हेलो सरकार’बाट आएका गुनासोलाई सम्बोधन गर्नका लागि आफ्नो मातहतका ४६ स्वास्थ्य सङ्घसंस्थालाई जति सक्दो चाँडो ‘फोकल पर्सन’ तोकेर पठाउन निर्देशन दिएको जानकारी दिए ।
उनले सरकारले जारी गरेको शासकीय सुधारका कार्यक्रमको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक ‘प्लेटफर्म’का रुपमा विकास गर्नका लागि फोकल पर्सन तोकेर पठाउन मन्त्रालयमा मातहतका निकाय, अस्पताल र प्रतिष्ठानलाई निर्देशन दिएको बताए । उनले ती फोकल पर्सनले हेलो सरकारबाट प्राप्त भएका नागरिकका गुनासो सम्बोधनका गर्ने बताए ।
स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ४६ वटा विभाग÷अस्पताल÷प्रतिष्ठानलाई पत्र पठाइएको सूचना अधिकारी डा केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण