उपसभामुखमा हाम्रो पार्टीको दाबी छः वर्षमान पुन
आइतबार, २२ चैत २०८२, १५ : ४९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी गरेको बताएका छन् ।
आइतबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको भन्दै यसका लागि अन्य दलहरुसंग छलफल भइरहेको बताए ।
त्यस्तै उनले अहिले जनअपेक्षा अनुसार स्थायित्व प्राप्त भएको भन्दै राम्रा कामका लागि वर्तमान सरकारलाई सहयोग हुने बताए । आफूहरू आलोचनाको लागि आलोचना गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।
त्यस्तै नेता पुनले नवनिर्वाचित सभामुख परिपक्व राजनीतिज्ञ भएकाले संसदलाई राम्रो ढङ्गले सञ्चालन गर्नेमा विश्वस्त रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण