रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश
सारांश
- काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी पूर्वसांसद रेखा शर्मालाई हिरासतमुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ।
- अदालतले प्रमाणको अभावमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरिसकेको आधारमा शर्मालाई थुनामा राख्नु नपर्ने ठहर गरेको छ।
काठमाडौंँ । काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश श्री जगतबहादुर पौडेलको इजलासले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।
म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्माको मुद्दामा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। शर्मामाथि एक नाबालकलाई यातना दिई दास बनाएको आरोप लागेको थियो। अदालतको आदेशमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरिसकेको तथ्यलाई मुख्य आधार मानिएको छ ।
प्रमाणको अभावमा मुद्दा नचलाउने सरकारी वकिलको निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले समेत समर्थन गरिसकेको अवस्थामा प्रतिवादीलाई थुनामा राख्नु आवश्यक नभएको अदालतको ठहर छ।
आदेशमा भनिएको छ, 'माननीय महान्यायाधिवक्ताबाट तोकी आएअनुसार उल्लेखित आधार र कारणका आधारमा शंकित रेखा कुमारी शर्मा उपर मुद्दा नचल्ने भै आएको निर्णय समर्थन गरी अन्तिम फैसला पठाइदिने निर्णय गरिदिएको छ भन्ने महान्यायाधिवक्ताको कार्यालयबाट मिति २०८०-०२-१६ मा निर्णय भइसकेको विषयमा पुनः सोही विषयमा प्रतिवादीलाई थुन्नै राखी मुद्दा गर्नु पर्ने अवस्था नदेखिँदा प्रतिवादी रेखा कुमारी शर्मालाई हिरासतबाट मुक्त गरी मुद्दाको अनुसन्धान गर्नु ।'
शर्माको पक्षमा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु जवालेलीले बहस गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण