‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’
गण्डकी । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त अधिकारीले नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको बताएका छन् ।
दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा साेमबार पोखराको अमरसिंद्ध नमूना मावि पचभैयामा आयोजित श्रीकान्त अधिकारी शतवार्षिकी विशेष ‘गुणस्तरीय शिक्षा र विविध आयाम’ विषयक अन्तरक्रियामा उनले अधिकारीले गर्नुभएको योगदान वर्तमान पुस्ताका लागि अनुकरणीय भएको बताए।
समाजमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सोच भएका अधिकारी बिपी कोइराला, कृष्णप्रसाद भट्टराई जस्ता राजनीतिक व्यक्तित्वसँग काम गरेका एक आदर्श प्रजातन्त्रवादी नेता, व्यवहारवादी समाज सुधारकका रूपमा रहनुभएको महानगरप्रमुख आचार्यको भनाइ थियो ।
पोखरालगायत विभिन्न क्षेत्रमा शैक्षिक संस्थाहरू स्थापनामा विशष्टि योगदान गरेका अधिकारीले विद्यार्थीमा किताबी ज्ञानका साथसाथै राजनीतिक चेतना जगाउन पनि विशिष्ट योगदान गर्नुभएको उहाँको भनाइ छ ।
अमरसिद्ध नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले अमरसिंद्ध माविको स्थापनामा पनि महत्त्वपूर्ण योगदान गर्नुका साथै अधिकारीले यस क्षेत्रमा विभिन्न १२ वटा विद्यालय स्थापना गर्नुभएको जानकारी गराए।
प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी, सदस्य शरणकुमार अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीनानाथ ढकाल लगायतले बहुआयामिक क्षेत्रमा अधिकारीले पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण