ट्रम्पको अल्टिमेटम सकिँदै गर्दा बढ्यो तेलको मूल्य
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको अल्टिमेटमको म्याद सकिन लाग्दा विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ।
- ब्रेन्ट क्रुड र वेष्ट टेक्सस इन्टरमिडियटको मूल्यमा वृद्धि भई कारोबार भइरहेको छ।
- इरानले अमेरिकाको चेतावनीलाई प्रतिवाद गरिरहेको छ भने पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको छ।
काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुलाउन इरानलाई दिएको अल्टिमेटमको म्याद सकिँदै गर्दा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य बढेको हो ।
लन्डनको आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २ दशमलव ३३ प्रतिशतले बढेर ११२ दर ६३ सेन्टमा उक्लिएको छ ।
उता न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि शून्य दशमलव २ प्रतिशतले बढ्दै प्रतिब्यारेल ११२ डलर ७० सेन्टमा कारोबार भइरहेको छ ।
ट्रम्पले आइतबार मंगलबार राती ८ बजे अघि स्टेट अफ हर्मुज पुनः खोलिएको नदेखिए इरानी ऊर्जा संयन्त्र र पुलहरू नष्ट गर्ने धम्की दिएका थिए । ट्रम्पको यस चेतावनी यस अघि देखिएका सङ्केतभन्दा फरक छ ।
यसअघि भने उनी स्ट्रेट नखुलाइकन पनि युद्ध समाप्त गर्ने इच्छुक देखिएका थिए । तर इरान भने अझै प्रतिरोधी छ । एक इरानी मन्त्रीले युवाहरूलाई ऊर्जा संयन्त्रमा मानव शृङ्खला बनाउन प्रेरित गरेका छन् । यसैबिच, पाकिस्तानले अमेरिका र इरानबिच सम्झौता वार्तामा मध्यस्थता गर्ने प्रयास गरिरहेको छ । यस मामिलामा खाडी क्षेत्रका अन्य नेताहरूसँग भेटघाट समेत भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण