लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, २५ चैत २०८२, ०८ : ४१
सारांश
- लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत आज दिउँसो १ बजे आठौँ बैठक बस्दैछ।
- बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने र सामाजिक विकास मन्त्रीले उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
- अर्थ, उद्योग तथा पर्यटन समितिका सभापतिले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ।
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत आठौँ बैठक आज बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा विशेष समयमा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।
यस्तै, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएको छ ।
गत चैत २२ गतेबाट सुरु भएको प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गतका बैठकहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण