इन्स्पेक्टर बिनु शाहीलाई सफाइ
सारांश
- ललितपुर जिल्ला अदालतले भैंसेपाटी हनिट्रयाप प्रकरणमा मुछिएकी इन्स्पेक्टर बिनु शाहीलाई सफाइ दिएको छ।
- अदालतले यस प्रकरणमा जोडिएका अन्य व्यक्तिहरूलाई पनि सफाइ दिएको छ भने ताज मूल इस्लामलाई भने कैद र जरिवानाको फैसला सुनाएको छ।
काठमाडौँ । नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीले अदालतबाट सफाइ पाएकी छन् । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर सरकारी वकिलले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलले उनलाई सफाइ दिएका हुन् । इन्स्पेक्टर शाही सहित सो प्रकरणमा जोडिएका भिमादेवी थापा, सुस्मा बिक, दर्शन पोखरेल र भैंसेपाटी प्रभागमा कार्यरत तत्कालिन सहायक हवलदार महेन्द्र हमालले सफाइ पाएका छन् ।
२०८१ असोजमा व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौं’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवलदार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापालाई प्रहरीले पक्रेर अनुसन्धान गरेको थियो । ताज मूल इस्लामलाई अदालतले डेढ वर्ष कैद र ३० हजार जरिवाना हुने ठहर गरेको छ ।
घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष थियो । दुई पटकमा २० लाख नगद भिमादेवी थापाको खातामा जम्मा भएको भेटिएको थियो । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैंसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि बिचौलियाहरूसँग मिलेको पीडितले आरोप लगाएका थिए । पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर बिनु निलम्बनमा परेकी थिइन् ।
धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीय सुस्मा विकले असोज ६ मा भैंसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिएकी थिइन् । अनुसन्धानको क्रममा घटना अन्यत्र मोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण