सांसद जोशीको प्रश्न : मुक्त कमैया र कमलरीले कहिले पाउँछन् परिचयपत्र ?
सारांश
- रास्वपा सांसद जगतप्रसाद जोशीले कैलाली र कञ्चनपुरका मुक्त कमैया तथा कमलरीको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
- उनले १ हजार ५ सय मुक्त कमैया र कमलरी परिवारसँग अझै पनि परिचयपत्र नभएको र उनीहरू भूमिहीन रहेको सदनमा जानकारी गराएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगतप्रसाद जोशीले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने मुक्त कमैया र कमलरीको पुनःस्थापनाको माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले नेपाल सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेको लामो समय भइसकेको उल्लेख गर्दै उनीहरूले परिचयपत्र कहिले पाउँछन् भन्दै प्रश्न गरे।
उनले १ हजार ५ सय मुक्त कमैया र कमलरी परिवारसँग परिचयपत्र नभएको तथा कैयौँसँग भूमि समेत नभएको भन्दै तत्काल उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘अहिलेसम्म १ हजार ५ सय परिवारसँग परिचयपत्रसमेत छैन। त्यसमध्ये ७ सय परिवार मेरो आफ्नै निर्वाचन क्षेत्र कैलाली-३ मै रहेका छन्। उनीहरूले परिचयपत्र कहिले प्राप्त गर्छन् ?’
२०५७ साउन २ गते तत्कालीन सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो। त्यतिबेला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३२ हजार ५०९ जना कमैयामुक्त भएका थिए। अझै पनि उनीहरू समाजमा पुनःस्थापित हुन सकेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण