इराकमा अपहरणमा परेकी अमेरिकी पत्रकार रिहा
सारांश
- इराकको राजधानी बगदादमा एक हप्ताअघि अपहरणमा परेकी अमेरिकी स्वतन्त्र पत्रकार शेली किटलसन रिहा भएकी छिन्।
- अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनको रिहाइको पुष्टि गर्दै उनलाई सुरक्षित रूपमा देश बाहिर पठाउने प्रक्रिया सुरु भएको बताएका छन्।
बगदाद । इराकको राजधानी बगदादमा एक हप्ताअघि अपहरण गरिएकी अमेरिकी स्वतन्त्र पत्रकार शेली किटलसन रिहा भएकी छिन् । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले उनको रिहाइको पुष्टि गरेका हुन् ।
इरान समर्थित मिलिसिया समूह कतैब हिज्बुल्लाहले मङ्गलबार किट्लेसनलाई तुरुन्त इराक छोड्ने सर्तमा रिहा गर्ने घोषणा गरेको थियो । उनलाई मार्च ३१ मा अपहरण गरिएको थियो ।
रुबियोले उनको रिहाइलाई विश्वभर रहेका अमेरिकी नागरिकहरूको सुरक्षाप्रति ट्रम्प प्रशासनको दृढ प्रतिबद्धताको रूपमा व्याख्या गरेका छन् ।
इराकी अधिकारीहरूलाई सहयोगका लागि धन्यवाद दिँदै उनले किट्लेसनलाई सुरक्षित रूपमा देश बाहिर पठाउने प्रक्रिया भइरहेको बताए । अपहरण भएको समयमा इराकी सुरक्षा बलहरूले अपहरणकारीहरूको खोजी गर्दै कारबाही चलाएका थिए, जस क्रममा एक सन्दिग्धलाई पक्राउ गरिएकाे थियो ।
यसअघि इराकका प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीले विदेशी नागरिक अपहरणमा संलग्नहरूलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए । किट्लेसनका साथी तथा सुरक्षा विश्लेषक एलेक्स प्लिटसासले उनको रिहाइबारे प्रारम्भमा अमेरिकी सरकारबाट औपचारिक पुष्टि नभएको बताएका थिए ।
अपहरण हुनुअघि अमेरिकी अधिकारीहरूले किट्लेसनलाई इरान समर्थित सशस्त्र समूहबाट सम्भावित खतराबारे चेतावनी दिएका थिए । उनी इटालीको रोममा बसोबास गर्दै अफगानिस्तान, इराक र सिरियाजस्ता द्वन्द्वग्रस्त क्षेत्रहरूमा रिपोर्टिङ गर्दै आएकी पत्रकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण