‘एउटा ग्यास कम्पनीको सिलिण्डर अर्कोसँग साट्दा ५ सय तिर्नुपर्छ, यसलाई हटाईयोस्’
सारांश
- सांसद सम्झना देवकोटाले एउटा कम्पनीको ग्यास सिलिन्डर अर्कोसँग साट्दा लिइने ५०० रुपैयाँ अतिरिक्त शुल्क हटाउन सरकारसँग माग गरेकी छिन्।
- उनले बजारमा बढ्दो महँगी र ग्यासको अभावले सर्वसाधारणको जीवन कष्टकर बनेको भन्दै बजार नियन्त्रणको लागि आग्रह गरेकी छिन्।
- सांसद देवकोटाले मध्यपूर्वको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा र उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।
काठमाडौँ । नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले बजारमा खाना पकाउने ग्यासको चरम अभाव र बढ्दो महँगीका कारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले बजारमा दर्जनौँ ग्यास कम्पनीहरू भए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिन्।
सांसद देवकोटाले ग्यास कम्पनीहरूबिच समन्वय नहुँदा एउटा कम्पनीको सिलिन्डर अर्कोले साट्न नमान्ने समस्याले उपभोक्ता मारमा परेको बताइन्। ‘कम्पनीहरूले सिलिन्डर साटासाट गर्न मान्दैनन्, यदि साटे पनि अतिरिक्त ५०० रुपैयाँ शुल्क असुल्ने गरेका छन्,’ उनले भनिन्, ‘यो न्यून र मध्यम आय भएका परिवारका लागि ठुलो आर्थिक भार हो। सरकारले अतिरिक्त शुल्कबिना सहज रूपमा सिलिन्डर साट्न पाउने व्यवस्था मिलाउनुपर्छ।’
मध्यपूर्वमा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी अस्वाभाविक रूपमा चुलिएको उनले उल्लेख गरिन्। महँगीका कारण नेपालीको भान्सा प्रभावित भएको र चुल्हो नै निभ्ने स्थिति आएको भन्दै उनले सरकारलाई बजार नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरिन्।
यसै गरी, सांसद देवकोटाले मध्यपूर्वको युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन्। उनले त्यहाँ रहेका नेपालीहरूको जीवन जोखिममा परेको भन्दै उनीहरूको सुरक्षा सुनिश्चित गर्न र आवश्यक परे उद्धारका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारसँग माग गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण