वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित
कञ्चनपुर । आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन् । खेतमा पाकेर तयार भएको गहुँ काट्ने र भित्र्याउने समयमा वर्षा हुँदा किसान मर्कामा परेका छन्।
कतिपय किसानको गहुँ काटिसके पनि थ्रेसिङ गर्न नपाउँदै पानीले भिजाउँदा उत्पादनमा क्षति पुगेको छ भने केही किसानले वर्षाको सम्भावनाका कारण गहुँ काट्नै नपाएको अवस्था छ । कृष्णपुर नगरपालिका राजघाटका मोहनसिंह चौधरीले मौसमबारे पूर्वानुमान गर्न नसक्दा मेसिन लगाएर काटेको गहुँ भित्र्याउन नपाउँदै भिजेको बताए।
“मेसिनले गहुँ काट्यौँ, तर पानी पर्ने थाहा भएन”, उनले भने, “थ्रेसिङ गर्न नपाउँदै पानी परेपछि सबै गहुँ भिज्यो, अब वर्षा नरोकिए खेतमै उम्रिने चिन्ता छ ।”
यस्तै शुक्लाफाँटा नगरपालिका–२ का भरतबहादुर चौधरीले वर्षाको जानकारी पाएपछि गहुँ काट्ने योजना नै स्थगित गर्नुपरेको बताए। उनले भने, “गहुँ पाकेर खेतमै झर्ने अवस्था छ, वर्षा लम्बिए ठूलो नोक्सानी हुन्छ ।”
शुक्लाफाँटा नगरपालिका–पीपलाडीका प्रकाश चौधरीले हतारहतारमा पानी पर्ने क्रम सँगै गहुँ भित्र्याउन सफल भए पनि भुसा भने पानीले बिग्रिएको बताए। “जोडबल गरी गहुँ थ्रेसिङ गरेर भ्यिायौँ”, उनले भने, “भुसा पानीले भिजेर काम नलाग्ने भयो ।”
चैत महिनाको अन्त्यको समय गहुँ भित्र्याउने हो । यस समयमा परेको वर्षाले उत्पादन र आम्दानी दुवैमा असर पार्छ । खेतमै भिजेको गहुँमा गुणस्तर घट्ने, ढुसी लाग्ने र अङ्कुर उम्रिने जोखिम बढ्छ । मौसमको अनिश्चितताले पछिल्ला वर्षमा खेतीपातीमा जोखिम बढ्दै गएको छ ।
शुक्लाफाँटा कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरका अनुसार काटिसकेको गहुँ पानीमा भिज्दा दानाको गुणस्तर घट्ने, भण्डारण गर्न समस्या हुने र बजार मूल्यसमेत कम हुने सम्भावना रहन्छ । त्यसैले किसानलाई मौसमको पूर्वानुमानअनुसार काम गर्न र सम्भव भएसम्म छिटो बाली भित्र्याउन सुझाव दिइएको उनले बताए। नगरपालिका क्षेत्रका ८५ प्रतिशत किसानले गहुँबाली भित्र्याइसकेका भए पनि १५ प्रतिशत जति किसानको बाली वर्षाका कारण प्रभावित भएको हुनसक्ने उहाँको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण