ओली र लेखक आज रिहा नहुने
काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखक आज रिहा नहुने भएका छन् ।
चैत २३ मा सर्वोच्च अदालतले चौंथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परामादेश जारी गरेको थियो । सर्वोच्चको आदेशअनुसार काठमाडौँ जिल्ला अदालतबाट थप भएको तेस्रो म्याद बुधबारसम्म मात्रै थियो ।
सरकारी वकिल कार्यालयको रायअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले दुवैलाई आज रिहा नगर्ने निर्णय गरेको हो । प्रहरीका एक उच्च अधिकृतले उनीहरूलाई आज रिहा नगरिने जानकारी दिए । ओली र लेखक कम्तीमा आजको रात हिरासतमा बस्नेछन् ।
सर्वोच्च अदालतका न्यायाधिशद्ववय बिनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश गरेका थिए । सर्वोच्चले चैत २१ गतेबाट लागु हुनेगरी काठमाडौं जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको ५ दिनमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने र नचल्ने निर्णय भएमा सोही अनुसार गर्न र सो हुन नसकेतत्पश्चात् उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को प्रक्रिया पूरा गरेर हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी गरेको थियो ।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । दुवै जना चैत १४ मा पक्राउ परेका हुन् ।
जेनजी प्रदर्शनमा काठमाडौँमा बानेश्वरमा प्रहरीको गोलीबाट किशोरहरूको मृत्यु हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए । स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । लेखकलाई प्रहरीले महाराजगञ्जस्थित सशस्त्र प्रहरी नम्बर–२ गणमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण