बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमामा आबद्ध
बैतडी । जिल्लामा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख अनिलचन्द्र जोशीले हालसम्म यहाँका १६ हजार ४४१ परिवारका ६६ हजार २४७ जना बिमा कार्यक्रममा आबद्ध भएका बताए ।
तीमध्ये जेष्ठ नागरिक, क वर्गको अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित, ‘एमडीआरटी’ क्षयरोग भएका, कुष्ठरोग लागेका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको उनले जानकारी दिए । यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाहरूको बिमा गर्दा ‘प्रिमियम’ को आधा रकम सरकारले तिर्ने गरेको जोशीले बताए ।
स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा उपचार सेवा पाउने गरेका छन् । बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली बिमा सेवा पाउने सूचीकृत स्वास्थ्य संस्थाका रूपमा रहेका छन् । ती संस्थामा उपचार हुन नसकेमा ‘रेफर’ गरिएका अन्य अस्पतालमा पनि निःशुल्क उपचार हुने गरेको बिमा सम्पर्क कार्यालय प्रमुख जोशीले बताए ।
स्वास्थ्य बिमामा आबद्ध हुन चाहने नागरिकले पाँच जनासम्म परिवार भएका सदस्यलाई वार्षिक रु तीन हजार पाँच सय ‘प्रिमियम’ तिर्नुपर्ने र सोबापत रु एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ । पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप रु २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण