सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन

सोमबार, ११ साउन २०८३, १८ : ५३
सोमबार, ११ साउन २०८३

काठमाडाैँ। बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाउ अभियाले सोमबार प्रदर्शन गर्‍यो ।  

भाडा बक्यौताको विषयलाई लिएर ३ महिनादेखि बन्द पुस्तकालय प्रांगणमा सहभागीले प्लेकार्डसहित प्रदर्शन गरे ।

उनीहरुले ‘देश बनाउने टोली – ज्ञानमा ताल्चा हानेर देश बन्छ त ?’, ‘लाइब्रेरी पुनः खोल, ज्ञानमा लगानी बढाऊ’, ‘जेलमा पनि पुस्तकालय हुन्छ’, ‘शिक्षा पहिला’, ‘सार्वजनिक पुस्तकालय बचाऔँ’लगायत नारा लेखेको प्लेकार्ड बोकेका थिए।

 सहभागीले सडकमै बसेर पुस्तक पढ्दै सांकेतिक विरोध पनि गरे । भाडा बक्यौता रहेको भन्दै समाज कल्याण परिषद्ले गत वर्ष चैत ३० मा पुस्तकालयमा तालाबन्दी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप