सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट

सोमबार, ११ साउन २०८३, १८ : ४९
सोमबार, ११ साउन २०८३

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाले नेपाललाई २ सय १२ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्समा टस हारेर ब्याटिङ गरेको नामिबियाले ७ विकेट गुमाएर २ सय ११ रन बनायो । नामिबियाका जान फ्राइलिंकले शतकीय पारी खेले । उनले १ सय ४९ बलमा तीन चौकासहित १ सय रन बनाए । यस्तै लरेन स्टिनक्याम्पले ८७ बलमा एउटा छक्का र ४ चौकासहित ५९ रन बनाए । 

नेपालका करन केसीले ५ र सोमपाल कामीले १ विकेट लिए ।

यसैबिच करनले एकदिवसीय क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । नामिबियासँग भइरहेको लिग २ अन्तर्गतको खेलमा ५ विकेट लिएसँगै उनले ७२ एकदिवसीय खेलमा एक सय विकेट पूरा गरेका हुन् । 

लगातार दुई खेलमा हार बेहोरेको नेपाल र आफ्नो पछिल्लो खेलमा अप्रत्याशित हार भोगेको नामिबिया दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।

यसअघि लिग–२ कै खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । नेपालले यसअघि लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेलेको खेलमा ६ विकेटले पराजय ब्यहोरेको थियो । नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ५८ रनले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप