नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियामा गायिका पन्तको साङ्गीतिक प्रस्तुति
बिहीबार, २६ चैत २०८२, ०९ : १६
सारांश
- गायिका अन्जु पन्तले नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियाको पर्थ र सिड्नीमा साङ्गीतिक प्रस्तुति दिने भएकी छन्।
- पर्थको फरेष्ट प्लेसमा अप्रिल ११ र सिड्नीको ग्रान्डभिल पार्कमा अप्रिल १४ मा कार्यक्रम आयोजना गरिनेछ।
काठमाडौँ । नेपाली नयाँ वर्षको अवसरमा गायिका अन्जु पन्तले अस्ट्रेलियाको पर्थ र सिड्नीमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।
नेपाली एसोसिएसन अफ वेस्टर्न अष्टे्लियाको आयोजनामा पर्थको फरेष्ट प्लेसमा अप्रिल ११ तारिखका दिन विशेष साङ्गीतिक कार्यक्रम आयोजना हुँदैछ।
यसैगरी, सिड्नीमा रहेको अवर्न नेपालीज कम्युनिटी ले अप्रिल १४ तारिखका दिन ग्रान्डभिल पार्क मा भव्य नयाँ वर्ष २०८३ साङ्गीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। उक्त कार्यक्रममा गायिका अन्जु पन्तले एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
आयोजक संस्थाहरू र गायिका पन्तले अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नयाँ वर्षलाई उल्लासका साथ मनाउन हार्दिक निमन्त्रणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण