दीक्षित सैन्य अधिकृतहरूलाई प्रधानमन्त्री भने, ‘आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सदैव सजग रहनुहोला’
सारांश
- भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा १८३ जना अधिकृत क्याडेटहरूको आयुक्त पद प्रदान कवाज सम्पन्न भएको छ ।
- प्रधानमन्त्रीले नवआयुक्त अधिकृतहरूलाई सैन्य आचरण र चेन अफ कमान्डलाई आत्मसाथ गर्दै कर्तव्यप्रति सजग रहन निर्देशन दिएका छन् ।
- समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने अधिकृतहरूलाई पुरस्कृत गर्नुका साथै विदेशी शिक्षार्थीहरूलाई विशेष पदक प्रदान गरिएको छ ।
काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार एक भव्य समारोहका बिच अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज सम्पन्न भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख आतिथ्यमा आयोजित उक्त विशेष समारोहमा विभिन्न तालिम समूहका कुल १८३ जना अधिकृत क्याडेटहरूले सफलतापूर्वक तालिम सम्पन्न गरी आयुक्त पद प्राप्त गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कठिन सैन्य तालिम पूरा गरी राष्ट्रको सुरक्षाको जिम्मेवारी काँधमा लिएका नवआयुक्त अधिकृतहरूलाई बधाई ज्ञापन गरे। उनले मातृभूमि र जनताको रक्षाका लागि समर्पित हुने दृढ सङ्कल्पका साथ सेनामा प्रवेश गरेका अधिकृतहरूले सैन्य आचरण, अनुशासन र चेन अफ कमान्डलाई आत्मसाथ गर्दै आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सदैव सजग रहने विश्वास व्यक्त गरे । सोही अवसरमा प्रधानमन्त्रीले तालिममा उत्कृष्ट प्रदर्शन गर्ने अधिकृत क्याडेटहरूलाई श्रेष्ठताको प्रतीक स्वरूप खुकुरी तथा छडी प्रदान गरी पुरस्कृत गरे ।
दीक्षित हुनेहरूमा सि.सं. ६३ अधिकृत क्याडेट, सि.सं. ५ स्नातक अधिकृत क्याडेट र सि.सं. ५३ पदिक तथा बिल्लादार अधिकृत आधार तालिममा सहभागी शिक्षार्थीहरू रहेका छन्। कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मित्रराष्ट्र केन्या र जाम्बियाबाट तालिममा सहभागी भएका ३ जना विदेशी शिक्षार्थी अधिकृत क्याडेटहरूलाई नेपाली सैनिक प्रतिष्ठानको विशेष पदक प्रदान गरे । सन् २०१२ देखि विदेशी शिक्षार्थीलाई समेत तालिम दिन थालिएकोमा हालसम्म विभिन्न राष्ट्रका ३२ जनाले यहाँबाट सैन्य तालिम पूरा गरिसकेका छन् ।
नेपाली सैनिक प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि हालसम्म ६ हजार ७३४ जना अधिकृत क्याडेट र पदिक तथा बिल्लादार अधिकृत क्याडेटका साथै १ हजार ६०८ जना प्राविधिक अधिकृतहरूलाई सफलतापूर्वक तालिम दिइसकेको छ। कवाज प्रदर्शनपछि नवआयुक्त अधिकृतहरूलाई उनीहरूका अभिभावक तथा आफन्तजनले दर्ज्यानी चिन्हद्वारा सुशोभन गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण