लागुऔषध बोकेर नेपालगञ्जबाट सुर्खेत आउँदै गर्दा प्रहरीको फन्दामा
सुर्खेत । पछिल्लो समय सुर्खेत प्रहरीले लागुऔषधको प्रयोग र कारोबारलाई नियन्त्रण गर्न कस्सिएर लागेको छ ।
सोही अनुसार लागुऔषध भित्रिन सक्ने नाका तथा चेक पोस्टहरूमा तालिमप्राप्त कुकुरसहित चेकजाँच गर्ने गरेको छ । विशेषगरी कर्णालीमा नेपालगञ्ज हुँदै लागुऔषध भित्रिने गरेको देखिन्छ ।
बिहीबार मात्रै नेपालगञ्जबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको एक गाडीबाट प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर भित्रिने मुख्य नाका मानिएको वीरेन्द्रनगर नगरपालिका–११ स्थित सुब्बाकुना चेकपोस्टबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २९ वर्षीय विशाल खाँण ठकुरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकी सुब्बाकुनाको संयुक्त टोलीले बिहीबार अपराह्न ५ बजे सवारी जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध बरामद गरेको हो ।
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ००५४ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा उनको साथबाट २ पोका र १ पुडिया गरी जम्मा ७ ग्राम लागुऔषध बरामद गरिएको बुढ्थापाले बताए ।
ठकुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण