भ्रमपूर्ण विज्ञापन र बिचौलिया गतिविधि बन्द गर्न वैदेशिक रोजगार विभागको ३ दिने अल्टिमेटम
सारांश
- वैदेशिक रोजगार विभागले भ्रमपूर्ण विज्ञापन गर्ने साइबर सेन्टर र तालिम केन्द्रहरूलाई तत्काल गतिविधि बन्द गर्न निर्देशन दिएको छ।
- विभागले सम्बन्धित संस्थाहरूलाई चैत ३० गतेभित्र भ्रमपूर्ण प्रचार-प्रसारका बोर्ड र सूचनाहरू हटाउन अल्टिमेटम दिएको छ।
- निर्देशन नमान्नेहरूलाई वैदेशिक रोजगार ऐन अनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले कार्यालय आसपास र अन्य विभिन्न स्थानमा सञ्चालित साइबर सेन्टर तथा तालिम केन्द्रहरूलाई भ्रमपूर्ण विज्ञापन र बिचौलिया गतिविधि तत्काल बन्द गर्न निर्देशन दिएको छ।
विभागले शुक्रवार एक सार्वजनिक सूचना जारी गर्दै केही साइबर सेन्टर, तालिम केन्द्र र अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता भ्रामक शब्दहरू प्रयोग गरेर वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई झुक्याइरहेको बताएको छ।
यस्ता संस्थाहरूले सेवाग्राहीलाई भ्रममा पारी, अनावश्यक आकर्षण देखाएर रकम असुल गर्ने र बिचौलियाका रूपमा काम गरिरहेको गुनासो र जानकारी प्राप्त भएपछि विभागले ध्यानाकर्षण भएको जनाएको छ।
चैत ३० गतेभित्र बोर्ड हटाउनुपर्ने
विभागले त्यस्ता भ्रमपूर्ण लेखन तथा प्रचार–प्रसार तत्काल बन्द गर्न निर्देशन दिएको छ । सम्बन्धित व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई आफ्ना कार्यालयमा राखिएका प्रचार प्रसार गर्ने बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड र भित्ते लेखन लगायतका सामग्रीहरू आगामी चैत ३० गते सोमबारभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिइएको छ।
प्रचलित कानुन बमोजिम श्रम स्वीकृति सम्बन्धी कार्य विभाग र तोकिएका श्रम तथा रोजगार कार्यालयहरूबाट मात्रै हुने कानुनी व्यवस्था छ। विभागको निर्देशन पालना नगरेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ र अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा सूचनामा उल्लेख गरिएको छ।
विभागले सेवाग्राहीहरूलाई पनि आधिकारिक निकायबाट मात्रै सेवा लिन र बिचौलियाको भ्रममा नपर्न सचेत गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण