निजी क्षेत्र बलियो भए अर्थतन्त्र बलियो हुन्छ : सांसद झा
सारांश
- सांसद मनिष झाले निजी क्षेत्रको विकास र उद्यमशीलतालाई बलियो बनाउन सके मात्र देशको अर्थतन्त्र मजबुत हुने बताएका छन्।
- सांसद सुशान्त वैदिकले नयाँ सरकारको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई विशेष महत्त्व दिएको जानकारी दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके मात्रै देशको अर्थतन्त्र बलियो हुने बताएका छन् । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिबार राजधानीमा सम्बोधन गर्दै झाले निजी क्षेत्रको विकास विना अर्थतन्त्र मजबुत हुन नसक्ने बताएका हुन् ।
सांसद झाले प्राइभेट क्षेत्रको ग्रोथले मात्रै मुलुकको अर्थतन्त्र मजबुत हुने बताउँदै गभर्मेन्ट र डेभलपमेण्ट इकोनोमीले स्थायित्वमा मद्दत पुर्याउने बताए । सांसद झाले सन् २०२६ को तथ्याङ्क उल्लेख गर्दै अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी साढे ४६ हजार खर्ब बराबरको रहेको बताए । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । छिमेकी देशहरूमा प्राइभेट क्षेत्रले धेरै ग्रोथ गरेकाले नेपालमा समेत अब निजी क्षेत्रको ग्रोथ बढ्न जरुरी रहेको बताए ।
सांसद झाले भने– ‘जुनसुकै देशमा पनि तीन तहको अर्थतन्त्र हुन्छ । त्यो भनेको प्राइभेट, गभर्मेन्ट, डेभलपमेन्ट इकोनोमी हुन्छ । जबसम्म प्राइभेट सेक्टरको इकोनोमी बलियो हुँदैन तबसम्म देश बलियो हुँदैन । अहिले सन् २०२६ को तथ्याङ्क हेर्ने हो भने अमेरिकाको प्राइभेट सेक्टरको इकोनोमी नेपाल मुद्रामा हेर्दा साढे ४६ हजार खर्ब बराबरको छ । यसअर्थ अमेरिकामा निजी क्षेत्रको पुँजी साढे ४६ हजार खर्ब बराबरको छ । चीनमा निजी क्षेत्रको पुँजी ३० हजार खर्ब बराबरको छ । त्यसैले हामीलाई निजी क्षेत्रको पुँजी बलियो बन्नुपर्नेछ । अनि बल्ल हामी अघि बढ्न सक्छौँ ।’
उनले थप भने, ‘डेभलपमेन्ट र गभरमेन्ट पुँजी स्थायित्वका लागि मात्रै हो । प्राइभेट पुँजी भनेको ग्रोथ हो । त्यसैले हामी ग्रोथमा केन्द्रित हुनुपर्छ । ग्रोथमा केन्द्रित हुन निजी क्षेत्रको अस्तित्व, क्षमता, संगठनिक अभ्यास हाम्रो लागि महत्त्वपूर्ण हुन्छ ।’
कार्यक्रममा रास्वपाका सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्य योजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्त्व दिइएको बताए । उनकाअनुसार रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन । महत्वका साथ उद्यमशीलताले स्थान पाएको उनको भनाइ छ ।
वैदिकले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको आर्थिक उन्नति हासिल गर्न गाउँ गाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले ठुलो भूमिका खेल्ने बताए ।
रास्वपाले सय दिने कार्यसूचीमा व्यवसाय दर्ता तथा नवीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता गरेको उल्लेख गर्दै सांसद बौदिकले उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले अब तिरस्कार नगर्ने प्रस्ट पारे ।
सांसद एवं अर्थशास्त्री वैदिकले भने– ‘नयाँ सरकारले सय प्राथमिकता ल्याउँदा यसमा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन । यथेष्ट रूपमा महत्वका साथ उद्यमशीलताले स्थान पाएको छ । हामीहरू के कुरामा स्पष्ट छौँ भने देशको आर्थिक रूपान्तरण गर्न देशमा सामाजिक न्याय सहितको आर्थिक उन्नति हासिल गर्न गाउँ गाउँमा रहेको सानो लघु उद्यमीदेखि लिएर स्टार्टअपसम्मका उद्यमहरूले सबैभन्दा ठुलो भूमिका खेल्ने गरेको छ ।’
उनले थप भने, ‘सय दिने कार्यसूचीमा रास्वपाले व्यवसाय दर्ता, नवीकरणमा सहजीकरण गर्ने भनेको छ । व्यवसायहरू स्थानीय तह, प्रदेश, कम्पनी कार्यालय जहाँ दर्ता हुन परे पनि कागजी प्रक्रियामा अल्झन नपरोस् भनेर हामीले कागजी प्रक्रियालाई सहज बनाउन खोजिरहेका छौँ । उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले तिरस्कार अब गर्ने छैनन् ।’
उनले सरकारले गरिरहेका कामहरूको परिणाम आगामी साताबाटै देखिने बताए । कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण