मानन्धरको ‘सङ्घर्षका पानाहरू’ पुस्तक विमोचन
सारांश
- कम्युनिस्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित 'सङ्घर्षका पानाहरू' पुस्तकको विमोचन गरिएको छ।
- पूर्वराजदूत नीलाम्बर आचार्यले मानन्धरको सादगीपूर्ण जीवनशैली र राजनीतिक योगदानको चर्चा गरेका छन्।
काठमाडौँ । कम्युनिस्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘सङ्घर्षका पानाहरू’ पुस्तकको विमोचन गरिएको छ ।
शनिबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्मकथा ‘सङ्घर्षका पानाहरू’को विमोचन गरिएको हो । पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत नीलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताए ।
मानन्धर सम्पन्न परिवारको व्यक्ति भएपनि एकदमै सादगी र सरल जीवनशैलीमा उनको जीवन बितेको आचार्यको भनाइ छ । उनले स्वच्छ छवि र सरल जीवनशैलीको रूपमा मानन्धरलाई स्मरण गरे । । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिस्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको उनको भनाइ छ ।
उनले यो पुस्तकले मानन्धरलाई सदा जीवित राख्ने समेत बताए । उनले मानन्धरको जीवनशैली वर्तमान राजनीतिक परिस्थितिमा अत्यन्तै आवश्यक र उदाहरणीय रहेको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कानुनविद् नीलाम्बर आचार्य, पूर्व मन्त्री गणेश शाह लगायतको उपस्थिति रहेको थियो । पुस्तकलाई पव्लिकेशनले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण