प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ : मुख्यमन्त्री आचार्य
आइतबार, २९ चैत २०८२, १० : २८
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुने बताएका छन्।
- मुख्यमन्त्री आचार्यले रुकुम पूर्वको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन्।
- प्रदेश सरकारले रुकुम पूर्वलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विशेष योजना बनाइरहेको उनले बताएका छन्।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट स्थानीय अर्थतन्त्र सुदृढ हुने बताएका छन् ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा (रुकुमकोट) मा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै उनले स्थानीय स्रोत–साधनको संरक्षण अपरिहार्य रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले रुकुम पूर्वको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै विकासका कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइएको जानकारी दिए।
“अझै धेरै काम गर्न बाँकी छन्, ती सबैलाई योजनाबद्ध रूपमा अगाडि बढाइनेछ,” उनले भने ।
उनले रुकुम पूर्वलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजना बनाइरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण