सुपर स्याटरडेमा रनको वर्षा, ओरेन्ज र पर्पल क्यापको दौडमा रोचक फेरबदल
सारांश
- इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत शनिबारका खेलहरूमा उच्च स्कोर बन्दा ओरेन्ज र पर्पल क्यापको दौडमा ठुलो फेरबदल आएको छ।
- ओरेन्ज क्यापको दौडमा वैभव सूर्यवंशी शीर्ष स्थानमा रहेका छन् भने हेनरिक क्लासेन दोस्रो स्थानमा उक्लिएका छन्।
- पर्पल क्यापको दौडमा अंशुल कम्बोज दोस्रो स्थानमा पुगेका छन् भने रवि बिश्नोई शीर्ष स्थानमा कायमै छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शनिबारमा खेलिएका खेलहरूमा ब्याटरहरूले रनको वर्षा गरेका छन्। शनिबार भएका दुवै खेलमा २०० भन्दा बढीको स्कोर बनेपछि ओरेन्ज क्याप (सर्वाधिक रन) र पर्पल क्याप (सर्वाधिक विकेट) को तालिकामा ठुलो फेरबदल देखिएको छ।
पन्जाब किंग्सले सनराइजर्स हैदरावादले खडा गरेको २१९ रनको विशाल लक्ष्य ७ बल बाँकी छँदै पूरा गर्यो भने चेन्नई सुपर किंग्सले २१२ रन बनाएर दिल्ली क्यापिटल्सलाई १८९ रनमा सीमित गर्यो।
- ओरेन्ज क्यापमा वैभव सूर्यवंशीको दबदबा, हेनरिक क्लासेन दोस्रोमा
यस सिजन २०० रनको आँकडा छुने एक्लो ब्याटर वैभव सूर्यवंशीले ओरेन्ज क्यापको तालिकामा आफ्नो अग्रता कायम राखेका छन्। तर, राजस्थान रोयल्सका उनका ओपनिङ पार्टनर यशस्वी जयसवाल भने तेस्रो स्थानमा झरेका छन्।
हैदरावादका हेनरिक क्लासेनले शनिबार ३९ रनको योगदान दिएसँगै उनी दोस्रो स्थानमा उक्लिएका छन्। यस सिजनमा ३१, ५२ र ६२ रनको उत्कृष्ट इनिङ्स खेलिसकेका क्लासेनको कुल १८४ रन पुगेको छ, जुन जयसवालको भन्दा एक रन बढी हो।
यस्तै, दिल्लीका समिर रिजवी पछिल्ला दुई खेलमा असफल भए पनि सुरुवाती खेलका ७० र ९० रनको मद्दतले १६६ रनसहित पाँचौँ स्थानमा यथावत छन्। राजस्थानका ध्रुव जुरेल चौथो स्थानमा छन्। पन्जाबका कप्तान श्रेयस अय्यरले हैदरावादविरुद्ध ६९ रनको अविजित इनिङ्स खेलेपछि १३७ रनसहित आठौँ स्थानमा उक्लिएका छन्। चेन्नईका सञ्जु सामसन र आयुष म्हात्रे पनि १३७ र १३३ रनका साथ उत्कृष्ट १० को सूचीमा अटाएका छन्।
- अंशुल कम्बोजको सानदार बलिङ, पर्पल क्यापको दौड रोचक
बलिङतर्फ चेन्नई सुपर किंग्सका अंशुल कम्बोजले यस सिजन आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। शनिबार दिल्लीविरुद्ध ३५ रन दिएर ३ विकेट लिएका कम्बोज सर्वाधिक विकेट लिनेको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्।
उनले हालसम्म खेलिएका सबै खेलमा विकेट लिन सफल भएका छन्। कम्बोजको कुल ८ विकेट पुगेको छ, जुन शीर्ष स्थानमा रहेका राजस्थानका रवि बिश्नोईको भन्दा एक विकेट मात्र कम हो।
पर्पल क्यापको दौडमा गुजरात टाइटन्सका प्रसिद्ध कृष्ण ६ विकेटका साथ तेस्रो स्थानमा छन्। विकेट लिने प्रतिस्पर्धा यति कडा छ कि ५ विकेट लिने खेलाडीहरूको सूचीमा १० जना रहेका छन्।
यसमा चेन्नईका जेमी ओभरटन, पन्जाबका विजयकुमार वैशाख, गुजरातका राशिद खान, दिल्लीका लुङ्गी एनगिडी र राजस्थानका जोफ्रा आर्चर तथा नान्द्रे बर्गर लगायतका बलरहरू रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण