आशा भोसलेको त्यो अन्तिम गीत
सारांश
- भारतीय तथा नेपाली संगीत जगतकी दिग्गज गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।
- कार्डियक अरेस्टका कारण उनको निधन भएको मुम्बईको ब्रीच क्यान्डी अस्पतालले पुष्टि गरेको छ।
- उनले आफ्नो जीवनको अन्तिम गीतका रूपमा 'द शेडो लाइट' रेकर्ड गरेकी थिइन्।
मुम्बई । भारतीय तथा नेपाली संगीत जगतकी दिग्गज गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।
आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले कार्डियक अरेस्टका कारण उनको निधन भएको पुष्टि गरेका छन् । शनिबार अस्पतालमा भर्ना भएकी भोसले दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहेकी थिइन् । उनको नेपाल तथा भारतमै संगीतको एक युग समाप्त भएको वरिष्ठ सर्जकहरूले बताएका छन् ।
निधन हुनुअघि उनले गाएको अन्तिम गीत ‘द शेडो लाइट’ सार्वजनिक भएको थियो, जुन ब्रिटिश ब्यान्ड ‘गोरिलाज’ को नवौँ स्टुडियो एल्बम ‘द माउन्टेन’ को हिस्सा थियो । यो गीतमा विभिन्न संस्कृति र पुस्ताका आवाजहरूको अनौठो संगम देखिन्छ । आफ्नो संगीतप्रतिको अगाध समर्पण देखाउँदै आशाले यो गीतका लागि मुम्बईस्थित आफ्नै घरमा रेकर्डिङ गरेकी थिइन् ।
‘द शेडो लाइट’ गीत डेमन अल्बर्न, कौसर मुनीर र ग्रफ रीसले मिलेर लेखेका थिए । यसको निर्माण गोरिलाजको टोलीसँगै जेम्स फोर्ड, स्यामुअल एग्लेन्टन र रेमी कबाका जुनियरले गरेका थिए । यो ट्रयाकमा आशाको अद्वितीय आवाजलाई महान् संगीतकार आरडी बर्मनसँग जोडिएको पुरानो हार्मोनियमको धुनसँग बुनिएको थियो, जसले यसलाई अझ विशेष बनाएको छ ।
एल्बम ‘द माउंटेन’ को रेकर्डिङ भारतका धेरै सहर–मुम्बई, दिल्ली र वाराणसीमा गरिएको थियो । यस परियोजनामा अनुष्का शंकर र आशा पुथली जस्ता प्रख्यात कलाकारहरू पनि समावेश थिए, जसले यस एल्बमलाई भारतीय संगीतको विश्वव्यापी पहिचानलाई अझ बलियो बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण