आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ ।
आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकाेमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे छ ।
यस्तै, ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ । मन्त्री सार्कीले पेस गरेकाे उक्त प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यस्तै, प्रदेशसभाअन्तर्गतका दुई विषयगत समितिमा रहेका सदस्यहरू हेरफेर गरिएको नामावलीसम्बन्धी प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ । सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुभएको उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको हो ।
त्यसअनुसार प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समिति र खुशीराम डगौरालाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण