बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सम्पत्ति विवरण सार्वजनिक

कृषिमन्त्रीको सम्पत्ति: ५० हजारको घडी, दुई वटा बाख्रा र १० वटा कुखुरा !

आइतबार, २९ चैत २०८२, २२ : १७
आइतबार, २९ चैत २०८२

सारांश

  • कृषिमन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
  • मन्त्री चौधरीसँग सुनचाँदी, बैंक बचत, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेका छन्।
  • उनको विवरणमा ५० हजार रुपैयाँको घडी, मोबाइल, ल्यापटप र स्कुटरसमेत समावेश गरिएको छ।

काठमाडौँ। कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उनीसँग नगद, सुनचाँदी, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेको देखिएको छ ।

मन्त्री चौधरीसँग ५० हजार रुपैयाँको घडी, ९० हजारको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । विभिन्न ५ वटा बैंकमा गरी उनको कुल १ लाख २६ हजार रुपैयाँ बचत रहेको छ ।

विवरणअनुसार, मन्त्री चौधरीले स्वआर्जनबाट ३ लाख ३० हजार रुपैयाँमा एउटा स्कुटर खरिद गरेकी छन् भने अर्को स्कुटर खरिदका लागि लिएको १ लाख ५० हजार ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको देखिन्छ । साथै, उनको नाममा २ लाख ५० हजार कित्ता सेयर पनि रहेको छ।

मन्त्री चौधरीको सम्पत्तिको सबैभन्दा रोचक विवरणमा उनले माइतीबाट प्राप्त गरेका २ वटा बाख्रा र १० वटा कुखुरा पनि समावेश छन्, जसलाई उनले सम्पत्तिको रूपमा विवरणमा उल्लेख गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप