भरौल गोल्डकपको उपाधि आरटीएफसी मलेसियालाई
आइतबार, २९ चैत २०८२, २३ : २०
सारांश
- आरटीएफसी मलेसियाले भरौल गोल्डकप फुटबल प्रतियोगिता जित्यो।
- फाइनल खेलमा आरटीएफसीले पथरी–११ लाई ३–२ गोलले हरायो।
- विजेताले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पाए।
सुनसरी । नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ ।
आइतबार सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले मोरङको पथरी–११ फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधिसँगै आरटीएफसीले नगद चार लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता पथरी–११ फुटबल क्लबले नगद दुई लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पथरी–११ का मिलन राई घोषित भएका छन् । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे । यही चैत २३ गतेदेखि सुरु भएको प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण