रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई खील निकाल्ने वर्षको रूपमा चित्रण गरेका छन्।
- उनले मुलुकको बेथिति र राजनीतिक विकृति हटाउने क्रममा केही अप्ठ्यारो र पीडा हुनसक्ने संकेत गरेका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई 'खील निकाल्ने वर्ष' को रूपमा चित्रण गरेका छन् ।
नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई 'खील निकाल्ने वर्ष' को रूपमा चित्रण गरेका हुन् ।
लामिछानेले लेखेका छन्, 'खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना।'
सभापति लामिछानेले मुलुकको बेथिति र पुराना राजनीतिक विकृतिहरूलाई उखेल्ने प्रयास गर्दा केही अप्ठ्यारो र पीडा हुनसक्ने संकेतसहित यस्तो बताएका हुन् । उनको पार्टी नेतृत्वको सरकारले भ्रस्टाचार र बेथितिविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताउँदै आएको छ ।
उनले आफ्नो र पार्टीको तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई नयाँ वर्षको सुखद कामना समेत व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण