मेरो नाममा केही छैन, आमाको नाममा भिरालो पाखो र उतिस घारी मात्रै छ : हर्क साम्पाङ
सारांश
- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको स्पष्ट पारेका छन्।
- उनले आफ्नो पैतृक सम्पत्तिको रूपमा आमाको नाममा रहेको खोटाङको जग्गाबाहेक अन्य भौतिक सम्पत्ति नभएको उल्लेख गरेका छन्।
- साम्पाङले केही दिनभित्रै आफ्नो सम्पत्ति विवरण औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। पछिल्लो समय आफ्नो सम्पत्तिलाई लिएर चासो र चर्चा हुन थालेपछि उनले फेसबुकमार्फत पैतृक र व्यक्तिगत सम्पत्तिको फेहरिस्त सार्वजनिक गर्ने घोषणा गरेका हुन्।
उनले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको दाबी गर्दै पुर्ख्यौली सम्पत्तिको रूपमा खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा केही खेतबारी रहेको उल्लेख गरेका छन्। ‘मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा छ, जहाँ पाखारेखा, खरबारी, बाँस र उतिस घारीहरू छन्,’ साम्पाङले फेसबुकमा लेखेका छन्।
उनले आफ्नो पुर्ख्यौली थलो भिरालो पाखामा रहेको र त्यसमा दाजुभाइ तथा दिदीबहिनीहरूले अहिलेसम्म अंशबण्डा नगरेको समेत प्रष्ट पारेका छन्।
व्यक्तिगत कमाइका बारेमा चर्चा गर्दै उनले वैदेशिक रोजगारीमा रहँदा जोडेको ४ देखि ५ तोला सुन र बैंकमा २ देखि ४ लाख रुपैयाँ मात्र ब्यालेन्स हुन सक्ने बताएका छन्।
साम्पाङले आफ्नो सम्पत्ति विवरण केही दिनमै औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन्। सधैँ पारदर्शी र जनपक्षीय काम गर्ने दाबी गर्दै आएका उनले सम्पत्ति विवरण मागेकाहरूलाई लक्षित गर्दै आफ्नो वास्तविक अवस्था यही भएको बताएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण