बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजको राशिफल

आईपीएलः चेन्नाईद्वारा नाइट राइडर्स ३२ रनले पराजित

मङ्गलबार, ०१ वैशाख २०८३, २३ : ५४
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • इन्डियन प्रिमियर लिग अन्तर्गतको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ।
  • चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित ओभरमा १६० रन मात्र बनाउन सक्यो।

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्स्ले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको सुपर किंग्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९२ रनको बलियो स्कोर खडा गरेको थियो । उसका लागि सञ्जु सामसनले ३२ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै, डेवाल्ड ब्रेभिसले २९ बलमा ४१ रन तथा आयुष म्हात्रेले १७ बलमा ३८ रनको महत्वपूर्ण योगदान दिए ।

कोलकाता नाइट राइडर्सका लागि बलिङतर्फ कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए भने अनुकुल रोय र सुनिल नारिनले समान एक(एक विकेट हात पारे ।

१९३ रनको विजयी लक्ष्य पछ्याएको नाइट राइडर्सको टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो। उसका लागि रमनदीप सिंहले २३ बलमा ३५ रन जोडे भने रोभमन पावेल २२ बलमा ३१ रनमा अविजित रहे। अजिंक्य रहाणेले २८ रनको योगदान दिए।

सुपर किंग्सको जितमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। नूर अहमदले ४ ओभरमा मात्र २१ रन दिएर ३ विकेट लिए भने अंशुल कम्बोझले २ तथा खलिल अहमदले १ विकेट हात पारे।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप