बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चेन्नाईसँग कोलकाताको हार, तालिकाको पुछारमा थन्कियो

बुधबार, ०२ वैशाख २०८३, ०५ : ४३
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ।
  • १९२ रनको लक्ष्य पछ्याएको कोलकाता निर्धारित २० ओभरमा १६० रन मात्र बनाउन सक्यो।
  • यो हारसँगै कोलकाता नाइट राइडर्स अङ्क तालिकाको पुछारमा झरेको छ।

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा कोलकाता नाइट राइडर्सको खराब लय कायमै रहँदा टोलीले चौथो हारको सामना गरेको छ। चेपाकस्थित घरेलु मैदानमा भएको खेलमा चेन्नाई सुपर किंग्सले कोलकातालाई ३२ रनले स्तब्ध बनायो। 

१९२ रनको बलियो चुनौती पछ्याएको कोलकाता निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रनमा समेटिएपछि हार स्वीकार्न बाध्य भयो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले २० ओभरमा ५ विकेटको क्षतिमा १९१ रनको योगफल खडा गरेको थियो। 

चेन्नाईका लागि सन्जु सामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ४८ रन जोडे भने डेवाल्ड ब्रेभिसले ४१ रनको योगदान दिए। युवा ब्याटर आयुष म्हात्रेले मात्र १७ बलमा ३८ रनको विस्फोटक इनिङ्स खेलेपछि चेन्नाई बलियो स्थितिमा पुगेको थियो। बलिङतर्फ कोलकाताका कार्तिक त्यागीले २ विकेट लिए पनि अन्य बलरले खासै प्रभाव जमाउन सकेनन्।

जवाफी ब्याटिङमा उत्रिएको कोलकाताको सुरुवात निकै खराब रह्यो। चेन्नाईका बलर नूर अहमदको स्पिनमा फसेका कोलकाताका ब्याटरहरू क्रिजमा टिक्न संघर्षरत देखिए। 

नूरले कप्तान अजिंक्य रहाणे, क्यामरन ग्रीन र रिंकू सिंह जस्ता मुख्य ब्याटरलाई पभेलियनको बाटो देखाउँदै कोलकातालाई स्तब्ध बनाए। ९० रनमा ६ विकेट गुमाएर संकटमा परेको अवस्थामा रोभमन पावेल र रमनदीप सिंहले अर्धशतकीय साझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

यो जितसँगै चेन्नाई सुपर किंग्सले सिजनमा आफ्नो दोस्रो जित दर्ता गर्दै ४ अङ्कका साथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ। अर्कोतर्फ, लगातारको हारले पिरोलिएको कोलकाता नाइट राइडर्स भने तालिकाको सबैभन्दा तल्लो स्थानमा झरेको छ। 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप