बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकन म्युजिक अवार्ड : ८ मनोनयनसहित टेलर स्विफ्ट सबैभन्दा अगाडि

बुधबार, ०२ वैशाख २०८३, १३ : २१
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • अमेरिकन म्युजिक अवार्ड २०२६ मा गायिका टेलर स्विफ्ट ८ विधामा मनोनयनमा परेकी छन्।
  • सबरीना कार्पेन्टर, ओलिभिया डीन, सोमब्र र मोर्गन वालेन ७-७ विधामा मनोनयनमा पर्न सफल भएका छन्।
  • यस वर्षको अवार्ड समारोहमा ११ वटा नयाँ विधाहरू थप गरिएका छन्।

लस एन्जलस । विश्व सङ्गीत क्षेत्रको प्रतिष्ठित अवार्ड ‘अमेरिकन म्युजिक अवार्ड २०२६’ को मनोनयन सार्वजनिक भएको छ । सार्वजनिक मनोनयन चर्चित गायिका टेलर स्विफ्ट सबैभन्दा बढी ८ विधामा मनोनयनमा परेकी छन् ।

स्विफ्टको पछि पछि सबरीना कार्पेन्टर, ओलिभिया डीन, सोमब्र र मोर्गन वालेन रहेका छन्, जसले समान ७–७ विधामा मनोनयन पाएका छन् । त्यस्तै, लेडी गागा र एलेक्स वारेन ६–६ विधाको मनोनयनमा परेका छन् ।

पहिले नै ४० वटा एएमए अवार्ड जितेर कीर्तिमान बनाइसकेकी टेलर स्विफ्ट यस पटक पनि मुख्य विधाहरूमा हाबी छिन् । यस वर्ष सबैभन्दा ठुलो विधा ‘आर्टिस्ट अफ द इयर’ का लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । यसमा टेलर स्विफ्ट, सबरीना कार्पेन्टर, मोर्गन वालेन, जस्टिन बिबर, लेडी गागा, ब्रुनो मार्स, बीटीएस, ब्याड बनी, केन्ड्रिक लामर र ह्यारी स्टाइलस परेका छन् ।

यस वर्ष नयाँ कलाकारहरूले पनि निकै राम्रो उपस्थिति देखिएको छ । ओलिभिया डीन र सोमब्रले पहिलो पटक नै ७–७ मनोनयन पाएर सबैलाई अचम्ममा पारेका छन् । अवार्ड शोलाई अझ रोचक बनाउन यस पटक ११ वटा नयाँ विधाहरू थपिएका छन्, जसमा ‘ब्रेकथ्रु एल्बम’, ‘ब्रेकआउट टुर’ र ‘सङ अफ द समर’ जस्ता विधाहरू सामेल छन् ।

के हो अमेरिकन म्युजिक अवार्ड ? 

विश्वकै ठुलो अवार्ड शो मध्ये एक मानिएको यो अवार्ड सन् १९७३ मा डिक क्लार्कद्वारा सुरु गरिएको हो । यसमा विजेताहरूको चयन पूर्ण रूपमा प्रशंसकहरूको भोटिङका आधारमा गरिन्छ । सन् २०२३ र २०२४ रोकिएको अवार्ड मे २०२५ बाट पुनः सुरु भएको हो । सन् २०२६ को अवार्ड समारोह अमेरिकाको लास भेगासमा आयोजना गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप