सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सारांश
- सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरी बुधबारदेखि सर्वसाधारणका लागि सञ्चालनमा आएको छ।
- पौडी पोखरी दैनिक तीन सिफ्टमा सञ्चालन हुने र ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ।
काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो ।
सो अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कट्वाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
हरेक दिन पौडी पोखरी १०–१२, १–३ र ४–७ बजेसम्म गरी ३ सिफ्टमा सञ्चालन हुनेछ ।
पहिलो र दोस्रो सिफ्टका लागि २ सय तथा तेस्रो सिफ्टका लागि २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।
जाडोयाममा नियमित बन्द हुने आउटडोर पोखरी गत असोज १० गतेदेखि बन्द गरिएको थियो । आउटडोर पोखरीको छेउमै रहेको हिटिङ पौडी पोखरी भने नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण